Logo

जीवन विज्ञानको केन्द्रीय कार्यालय चावहिलमा गुर्जो चियाको सेवा (फोटोफिर)



काठमाडौं, १ असोज । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले जीवन विज्ञानको केन्द्रीय कार्यालय चावहिलमा गुर्जोको चिया सेवा गरेका छन् । केन्द्रका गुरु रमेश नेपाललगायत ७ दिने चक्रिय ध्यान शिविरमा नेपालभरिबाट उपस्थित् सबै सहभागीहरूलाई गुर्जो चिया सेवन गराईएको थियो ।

जीवन विज्ञानका योग गुरु होमनाथ आचार्यका अनुसार उक्त अवसरमा राजलवटले गुर्जोको उपयोगिताबारे प्रकाश परेका थिए । उनको नेतृत्वमा देशको प्रायः सबै जिल्लामा निःशुल्क गुर्जोको विरुवा वितरण, धुलो औषधी र चिया प्याकेट वितरण गरिँदै आएको छ ।

उनकाअनुसार उक्त शिविर कार्यक्रम अवधिभर गुर्जो चिया सेवन गराईनेछ । त्यस्तै, आजै काठमाडौंको भोटेबहालमा सरसफाई अभियन्ताहरूको भेलामा उपस्थित् सबैलाई गुर्जो चिया सेवन गराईएको थियो । गुर्जोको चिया सेवन गरेकाहरुले खुशीको अनुभूति गरेको पनि उनले जनाए ।



प्रतिक्रिया दिनुहोस्