Logo

वेस्टर्न युनियनको दसैं तिहार र छठपर्व लक्षित योजना



काठमाडौं, ४ असोज । वेस्टर्न युनियनले दसैं तिहार र छठपर्व लक्षित गर्दै गर्दै ‘क्यासउत्सव’ प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । कम्पनीको अनुसार योजननामा ग्राहकहरुले असोज १ देखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने छन् ।

यो प्रवद्र्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट–एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक. र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्रमा समावेश हुनेछ । यो योजनाअन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले २० हजार रुपैयाँ जित्ने जनाइएको छ ।

यसबाहेक, प्रवद्र्धन अवधिभरी सम्पूर्ण योग्य कारोबारहरु स्वचालित रुपमा बम्पर लक्की ड्रमा समावेश हुनेछन् । यस योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिने बताइएको छ । एक जना भाग्यशाली विजेताले पाँच लाख रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot