एजेन्सी, ७ असोज । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा गृह युद्व हुनसक्ने औल्याएका छन् । उनले सञ्चारमाध्यम मंलगबार बीबीसँगको अन्तरवार्तामा यस्तो बताएका हुन् ।
तालिवानले अफगानिस्तानमा समावेशी सरकार बनाउन सफल नभए त्यहाँ गृह युद्व निम्तिन सक्ने बताएका थिए । उनले अन्तरवार्तामा भनेको विषयलाई सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ,‘ढिलो अथवा चाँडो तालिवानले समावेशी सरकार बनाउन असफल भए त्यहाँ गृह युद्व हुन सक्छ ।’
आतंकवादका लागि उपयुक्त भूमि अफगानिस्तान रहेको कारण त्यहाँ तालिवानले नियन्त्रण गर्न नसके गृह युद्व हुने र त्यस क्षेत्रमा युद्व निम्तिए पाकिस्तानलाई समेत क्षती पुग्ने उनले बताए । अफगानिस्तानमा सन्तुलन बनाउन तालिवानले समावेशी सरकार बनाउनु पर्ने, मानिव अधिकारलाई मान्नुपर्ने र अफगानी भूमिलाई आतंकवादको अड्डा नबनाए त्यस क्षेत्रमा शान्ति कायम हुने उनले बताएका थिए ।
उक्त विषयहरुलाई तालिवानले पालना गरेमा नयाँ अफगानी सरकारलाई सही ढंगले हेर्ने र द्विपक्षीय सम्बन्धको विकास गर्न सक्ने उनले अन्तरवार्तामा प्रष्टाए ।-Photo: Agency