Logo

चीनलाई फिलिपिन्सको चुनौती, चीनले बनाएको समुन्द्री कानून पालना नगर्ने



एजेन्सी, ७ असोज। चीनको बढ्दो प्रभाव र तनावका बीच बेइजिङको संशोधित समुद्री कानूनलाई फिलिपिन्सले पालना नगर्ने भन्दै चुनौती दिएको छ । चीनले यस्तो कानुन बनाएको छ जसको लागि अब दक्षिण चीन सागरमा यात्रा गर्ने विदेशी जहाजहरुले चिनियाँ अधिकारीहरुलाई जानकारी दिनुपर्ने छ ।

तर, फिलिपिन्सले अन्तर्राष्ट्रिय कानुन नै उल्लघन गरेर जारी गरेको नयाँ समुद्री कानुलाई मान्यता दिन नसकिने भन्दै चुनौती दिएको हो । यसमा हाम्रो अडान, हामी पश्चिम फिलिपिन्स सागरभित्र चिनियाँहरुद्वारा ती कानूनहरुलाई पालना गर्न सक्दैनौं। हामी सोच्छौं कि यस पानीमा हाम्रो सार्वभौम अधिकार छ। यसैले हामी चिनियाँ यो कानूनलाई मान्यता दिदैनौं, फिलिपिन्सका राष्ट्रिय रक्षामन्त्री डेल्फिन लोरेन्जानालाई अलजजीरालाई भने।

यस महिनाको सुरुमा, चीनले समुद्री यातायात सुरक्षा कानुन लागु गरेको थियो। जसमा चिनियाँ क्षेत्रीय जलमा प्रवेश गर्ने सबै विदेशी जहाजहरुलाई समुद्री अधिकारीहरुलाई सूचित गर्न, सान्दर्भिक अनुमतिहरु बोक्न र बेइजिङको कमाण्ड र सुपरिवेक्षणमा पेश गर्न आवश्यक बनाएको थियो।

भूराजनीतिक विज्ञहरुका अनुसार यो कदमले दक्षिण चीन सागरमा द्वन्द्व सिर्जना गरेको छ। चिनियाँ कम्युनस्टि पार्टीको स्थायी समितिले अप्रिलमा चीनको समुद्री यातायात सुरक्षा कानूनमा परिमार्जन गरेको थियो।

चिनियाँ आन्तरिक वा क्षेत्रीय सुरक्षामा खतरा हुनसक्ने भन्दै यस्तो नियम जारी गरेको हो । यसअघि शुक्रवार अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले डेल्फिन लोरेन्जानासँग भेट गरी स्वतन्त्र र खुला हिन्दप्रशान्त क्षेत्रको सुरक्षा, स्थिरता र समृद्धिलाई समर्थन गर्ने प्रतिबद्धता दोहोर्याएका थिए।

हिन्द महासागर क्षेत्रलाई धेरै हदसम्म हिन्द महासागर र पश्चिमी र मध्य प्रशान्त महासागर, दक्षिण चीन सागरसहित एक क्षेत्रको रूपमा हेरिने उनले बताएका थिए।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot