Logo

१६ वर्ष सत्तामा रहेकी मोर्केलको पार्टी सामान्य मतान्तरले पराजित



एजेन्सी, ११ असोज: जर्मनीको सेन्टर-लेफ्ट सोसल डेमोक्रेट (एसपीडी)पार्टीले निवर्तमान चान्सलर एन्जेला मोर्केलको पार्टीलाई सामान्य मतले पराजित गर्दै जित हात पारेको छ । एसपीडीले २५.७ प्रतिशत मत हात पारेको हो भने सत्तारुढ कन्जरभेटिब पार्टी (सीडीयु)ले २४.१ प्रतिशत मत हात पारेको छ । यस्तै दि ग्रिनले इतिहासमै धेरै १४.८ प्रतिशत मत हात पारेको जनाइएको छ ।

अब जर्मनीमा गठबन्धनको सरकार बन्ने भएको छ । एसपीडीका नेता ओलाफ स्कोल्जले आफ्नो पार्टीलाई सरकार बनाउनका लागि जनादेश रहेको बताएका छन् । क्रिसमससम्म नयाँ सरकार गठन भइसक्ने अपेक्षा गरिएको छ । अब, नयाँ सरकार गठन हुँदासम्म निवर्तमान चान्सलर मर्केल रहिरहने छिन् ।-Photo: Agency

 



प्रतिक्रिया दिनुहोस्