Logo

उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको दक्षिण कोरियाको दाबी



एजेन्सी, १२ असोज । उत्तर कोरियाले छोटो दूरीको मिसाइल समुद्रमा प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ। दक्षिण कोरियाको पूर्वी तटीय क्षेत्रमा मिसाइल प्रहार भएको दक्षिण कोरियालले दाबी गरेको हो।

संयुक्त राष्ट्रसंघमा उत्तर कोरियाली दूतले प्योङयाङलाई आफ्नो सुरक्षा गर्ने र हतियार परीक्षणको अधिकार भएको बताएपछि उक्त मिसाइल परीक्षण भएको जनाइएको छ। प्योङयाङले निरन्तर आफ्नो ब्यालास्टिक र क्रुज मिसाइलको परीक्षण गरिरहेको छ ।

केहीदिन अघि मात्रै उत्तर कोरियाले आफूहरु दक्षिण कोरियासँग वार्तामा बस्न चाहेको बताएको थियो। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम जो योङले आफहरु दक्षिण कोरियासँग युद्धको अन्त्य भएको घोषणा गर्न तयार भएको तर त्यसका लागि दक्षिण कोरियाले होस्टाइलु नीति परिवर्तन गर्नुपर्ने बताएकी थिइन्।

मंगलवार एक विज्ञप्ती जारी गर्दै अमेरिकी सेनाले आफूहरुलाई मिसाइल परीक्षणको बारेमा अवगत भएको भन्दै त्यसबाट तत्काल अमेरिका र अमेरिकी सहयोग राष्ट्रलाई कुनै खतरा नभएको जनाएको छ। दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले मिसाइल परीक्षण गर्नुको कारणबारे अनुसन्धान गर्न निर्देशन दिएका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्