Logo

कोइराला परिवारले सुजातालाई सार्यो, देउवा पनि सकारात्मक



काठमाडौं, १३ असोज । नेपाली काँग्रेसभित्र मन्त्री छान्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई कठिन भइरहेको छ । मन्त्रीका आकांक्षी धेरै भएकाले पौडेल समूहलाई सकस परेको हो ।

पौडेल समूहले २ मन्त्री भागमा पाएको छ । जसमा वरिष्ठ नेता पौडेल तेजुलाल चौधरी या दिलेन्द्रप्रसाद बडुलाई बनाउने पक्षमा छन् । उनले चौधरीको पक्षमा अडान लिएका छन् ।

महामन्त्री डा. सशांक कोइराला सुजाता कोइराला या डा. मीनेन्द्र रिजालको पक्षमा देखिएका छन् । कोइराला परिवारभित्र सुजाताको पक्षमा बलियो अडान लिने सहमति बनेको छ । काँग्रेसका तर्फबाट महिला मन्त्री नभएकाले सुजाताको सम्भावना बलियो देखिएको छ ।

सुजातालाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहमत भएको बुझिएको छ । उनले मन्त्री मात्र बनेर लचकता देखाउने भएकी छिन् । तर, वरियतामा सुजाता देउवापछि रहने बुझिएको छ ।

कोइराला परिवार डा. रिजालप्रति पनि सकारात्मक छ । उनलाई पनि मन्त्री बनाउनुपर्ने जोडबल चलिरहेको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह राजन केसीको पक्षमा छन् । केसीलाई कुनै हालतमा मन्त्री बनाउन सिंह लागेका छन् । यसकारण पनि पौडेल दबाबमा परेका छन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट उमाकान्त चौधरी या भीमसेनदास प्रधानमध्येबाट मन्त्री बन्ने निश्चितप्रायः छ । गगन थापाले साथ छाडेपछि सिटौला चौधरी या प्रधानलाई बढाउने पक्षमा छन् ।
काँग्रेसको देउवा पक्षबाट ३ मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot