Logo

प्रचण्डले प्रधानमन्त्री देउवालाई धम्काएको प्रदीप ज्ञवालीको टिप्पणी (भिडिओसहित)



काठमाडौं, १५ असोज । नेकपा (एमाले) का प्रवक्ता एवम् सचिव प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने ठोकुवा गरेका छन् । यो सरकार केही काम गर्नको लागि गठन नभएको पनि उनको भनाई छ । जयसिंह धामी प्रकरणमा सरकार चुकेको ज्ञवालीले बताए ।

उनले भने,‘यही प्रकरणले राष्ट्रियता र नागरिकको जीवनप्रति यो सरकार के रहेछ ? भन्ने कुरा छर्लङ भयो । सरकारको पहिलो निर्णय भूमि आयोग विघटन गर्छ, कालो धनलाई सेता धन बनाउन दिने, लोकतन्त्रको हुर्मत काट्छ । अध्यादेश आवश्यक थियो भने हिजो राष्ट्रपतिलाई फिर्ता लिन किन चिठ्ठी काटेको ?’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले माधव नेपालको पार्टी संलग्न हुने कुनैपनि सर्वदलीय बैठकमा आफूहरु सहभागी नहुने पनि स्पष्ट पारे । उनले एमाले विभाजनमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मुख्य हात रहेको टिप्पणी गरे । उनले वर्तमान प्रधानमन्त्री देउवाले ८० दिनसम्म पनि सरकारलाई पूर्णता दिन नसकेको टिप्पणी गरे । उनले भने,‘अनि उल्टै धम्क्याउँछन् सरकारमा सहभागी दलका नेताले अब म आफ्ना दुई जना मन्त्री पनि फिर्ता बोलाउँछु भनेर भन्छन्, यस्तो गरेर पनि चलाएर सरकार के चलाई भयो र ?’



प्रतिक्रिया दिनुहोस्