Logo

भीम रावललाई ऋषि धमलाको प्रश्न : दशौं महाधिवेशनमा तपाईँ अध्यक्षमा ओलीसँग लड्ने तयारी हो ?



काठमाडौं, १६ असोज । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले आफू दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिने वा नदिने भन्ने कुरा अहिले नै बोल्नु गलत हुने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले जारी विधान महाधिवेशनमा संगठनको बारेमा मात्रै छलफल भएको तर नेतृत्वको बारेमा कुनै छलफल नभएको जिकिर गरेका छन् ।

पत्रकार धमलाले ‘तपाईँ दशौं महाधिवेशनमा अध्यक्षमा उठ्नको लागि भित्री रुपमा तयारी गर्दै हुनुहुन्छ हो ?’ भनेर सोधेको प्रश्नमा उनले भने,‘मैले अहिले केही पनि तयारी गरेको छैन् । अहिले मेरो के चिन्ता छ भने, हाम्रो देश भारत र चीनको बीचमा छ, अति संवेदनशील भूराजनीतिक अवस्थामा छ । हाम्रो राज्य प्रणाली, अर्थतन्त्र, सिमाना, हाम्रो भित्रको सुरक्षा प्रणाली जसरी संकटग्रस्त बन्दै गैरहेको छ, यसप्रति चिन्ता छ । यो स्थितिलाई परिवर्तन ल्याउनको लगि हाम्रो संसद् संवेदनशील हुनुपर्ने हो ।’ उनले आफू अहिले पनि ओलीको अन्धभक्त नभएको र हिजो पनि अन्धआलोचक नभएको स्पष्ट पारेका छन् । उनले आफूले पूर्वाग्रही भएर भूमिका निर्वाह नगरेको पनि जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot