Logo

लय समात्दै युभेन्टस



काठमाडौं, असोज १७ । सिजनको खराब शुरुवात गरेको इटालियन क्लब युभेन्टसले आफ्नो लय समात्न थालेको छ । गएराति भएको टुरिन डर्बीमा टोरिनोलाई १–०गोलले हराउँदै युभेन्टसले सिरी एमा लगातार तेस्रो जित निकालेको हो ।

ओलम्पिको ग्रान्डे टोरिनोमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन मनुएल लोकाटेलीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको निर्धारित समय सकिन ४ मिनेट बाँकी रहेको अवस्थामा फेडेरिको चिएसाको पासमा लोकाटेलीले गोल गर्दै युभेन्टसलाई जित दिलाएका हुन् ।

जितसँगै युभेन्टस ७ खेलबाट ११ अङ्क जोड्दै लिगको आठौं स्थानमा उक्लिएको छ । सिजनको शुरुवाती ५ खेलमा मात्र १ खेल जितेको युभेन्टसले बिस्तारै लय समात्न थालेको हो । युभेन्टसले सिरी एको पछिल्लो ३ खेलमा जित निकालेको छ भने च्याम्पियन्स लिगको दुवै खेलमा जित हात पार्दै समूहको शिर्ष स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्