Logo

दशैंको छेको पारेर मुस्ताङको स्याउ बजारमा



बागलुङैं, असोज १८। दशैंको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि विक्रीका लागि बजारमा देखिन थालेको हो । रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा विक्री अत्यधिक बढेको छ ।

धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पुर्‍याउन भ्याइनभ्याइ छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्कामा लिएर उनी बजारमा स्याउँ पु¥याउँछन् । लामाले यस वर्ष पनि बगान ठेक्कामा लिएका छन् । ‘५० लाखमा खरीद गरेको बगानका स्याउ दशैंअघि नै बजारमा पुर्‍याउने लक्ष्य छ,’ उनले भने । उनले टुकुचेमा स्थानीयवासीको बगान ठेक्कामा लिएका हुन् । आफूले दिनमा दुई ट्रकसम्म स्याउ बजार पुर्‍याउने गरेको उनले बताए ।

बजारमा मुस्ताङको स्याउको माग अत्यधिक छ । लामाजस्तै अन्य व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौं, पोखरा, बागलुङलगायत शहरमा पठाउन भ्याइनभ्याइ छ । बगैंचामा संकलन गरेर बजार पठाउने स्याउ मुस्ताङमै मूल्य प्रतिकिलो ८० देखि १२५ रुपैयाँसम्म पर्छ । दशैं, तिहारको समयमा स्याउ पाक्ने भएकाले यसको खपत बढी हुन्छ । व्यापारीले मुस्ताङको स्याउ प्रतिकिलो २०० देखि २५० रुपैयाँसम्ममा विक्री गर्छन् ।

२०२२ सालमा कृषि मन्त्रालय अन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्यांक छ । सरकारले शुरुआतमा किसानलाई स्याउका बेर्ना बाँडेको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्