Logo

मुद्दाको सुनुवाइले म्यानमारकी नेत्री सुकीको स्वास्थ्यमा असर : वकिल



१८ असोज : म्यानमारकी निष्कासित नेत्री आङ सान सुकीको स्वास्थ्यको कारण बारम्बार अदालत उपस्थित हुदाँ पीडा भएको उनको वकिलले बताएका छन् । देश अशान्तिमा फसेको भन्दै ‘कू’ गरेका सैनिक सरकारले सुकीलाई हिरासतमा लिएको चार महिनापछि जुन महिनाबाट मुद्दा चलाएको थियो । ७६ वर्षीया बृद्धा सुकीलाई देशद्रोहदेखि अवैध रूपमा वाकीटकी आयात गरेकालगायतका आरोप लगाइएको छ ।

उनले आफ्नो स्वास्थ्यको कारणले हप्ता एक दिनको सट्टा हरेक दुई हप्तामा सुनुवाइको लागी निवेदन दिएको उनका वकिल खिन माउङले बताएका छन् । न्यायाधीशले उनको अनुरोधमा अर्को हप्ता निर्णय लिने वकिल माउङले बताएका छन् ।

गत हप्ता उनीविरुद्ध भ्रष्टाचारको नयाँ आरोप लगाइएपछि नोबेल पुरस्कार विजेतालाई सुकीलाई सेनाले राजधानी घोषणा गरेको शहर नेपिडाउको अदालतमा उपस्थित हुनुपर्ने भएको छ ।

विद्रोह भएको आठ महिनापछि, जुन्ता फौज र कू विरोधीहरु बीचको झडप बढ्दै गएको छ । एक स्थानीय अनुगमन समूहकाअनुसार सुरक्षाबलले विद्रोहपछि एक हजार १०० भन्दा बढी नागरिकको हत्या गरेका छन् ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot