Logo

‘ट्याक्स हेभन’ मुलुकमा भारतीय चर्चित क्रिकेटर तेन्दुलकरकाे पनि लगानी रहेको खुलासा



एजेन्सी, १९ असोज। अन्वेषण पत्रकारहरुको अन्तर्राष्ट्रिय कन्सोर्टियम (आईसीआईजे) ले अक्टोबर ३ मा जारी गरेको ‘प्यान्डोरा पेपर्स’ खुलासामा भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकर पनि मुछिएका छन् ।

विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासामा ९१ देशका ३५ वर्तमान र पूर्व राष्ट्रिय नेताहरु‚ र ३३० भन्दा बढी राजनीतिज्ञहरु र सार्वजनिक अधिकारीहरु मुछिएका छन् ।

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी‚ कारोबार र शेयर खरीद–बिक्री गर्ने काममा तेन्दुलकर पनि संलग्न रहेको प्रमाण फेला परेको विषयलाई इंडिया टुडेले लेखेको हो । (आइसीआइजे)को रिपोर्टअनुसार तेन्दुलकरका वकिलले भनेका छन् कि क्रिकेट खेलाडीको लगानी वैध छ र कर अधिकारीहरुलाई लगानी वैध रहेको बताएका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot