Logo

आजै मन्त्रिपरिषद् विस्तार हुनसक्ने, बालुवाटारमा गठबन्धनको बैठक



काठमाडौं, २१ असोज । सत्तापक्षीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । आजै सरकारलाई पूर्णता दिनेगरि गठबन्धनको बैठक सुरु भएको हो । अहिले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बैठकमा सहभागी छन् ।

सकेसम्म आजै साँझसम्म सपथ खुवाउनेगरि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । तर, माधव नेपालले भने मन्त्रालय भागबण्डामा असन्तुष्टि पोखेका छन् । उनले मन्त्रालयको संख्या पनि कम दिईएको र दिईएका मन्त्रालय पनि कम महत्वको भएको भन्दै आफ्नो असन्तुष्टि राखेको बुझिएको छ । तर, पार्टीको स्थायी कमिटी बैठकबाट निस्किएका नेपालले पार्टीबाट मन्त्री बन्नेहरुको लिष्ट गोजीमै बोकेको बताईन्छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot