Logo

आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै



काठमाडौं, असोज २२। आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएका छन् ।

बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटेको बालुवाटार स्रोतले जनाएको छ ।

शीर्ष नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई चार–चार मन्त्रालय लिने सहमति गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot