Logo

१४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्न माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा



काठमाडौं, २२ असोज । माछापुच्छ्रे बैंक लिमिटेडले आगामी कात्तिक २६ गते साधारण सभा गर्ने भएको छ । बैंकको असोज २० गते बसेको संचालक समितिको बैठकले ग्राण्ड पार्दी होटल पोखरामा भर्चुअल माध्यमबाट २३औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले चुक्तापुँजीको १३ दशमलव ३० प्रतिशत बोनश शेयर कर प्रयोजनको लागि ० दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ ।

यसको साथै सभाले उपयुक्त अन्य वित्तिय संस्थाहरुसँग गाभिन तथा बैदेसिक रणनिति साझेदारीमा पनि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने जनाएको छ । सभा र लाभांश प्रयोजनार्थ बैंकले कात्तिक ७ गते एकदिन बुक क्लोज गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्