Logo

भरुवा बन्दुकसहित बाबु छोरा पक्राउ



काठमाडौं, २२ असोज । भरुवा बन्दुक सहित दुईजना पक्राउ परेका छन् । शंखरापुर नगरपालिका–५ खोरिया बस्ने २७ वर्षीय कृष्ण घिसिङ र उनकै बुबा ५७ वर्षीय सुकुमान तामाङलाई लोड भएको १ थान भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कृष्णको घर नजिक जमिनमा बन्दुक लुकाई राखेको सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot