Logo

२१ जुवाडे पक्राउ



झापा, २२ असोज । तास खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् । दमक नगरपालिका–१ बस्ने ३५ वर्षीय जितेन राईको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४६ वर्षीय पुष्पराज लिम्वु लगायत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

राईको घरमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।

यसैगरी, भक्तपुर, चाँगुनारायण नगरपालिका–४ खोरिया गाउँ बस्ने २१ वर्षीय ईश्वर तामाङको पुल हाउसमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत १६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त पुल हाउसमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४१ हजार ३ सय ५० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot