Logo

स्वास्थ्य मन्त्रालयमा बिचौलियालाई रोक्छुः मन्त्री खतिवडा



काठमाडौं, २३ असोज । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफ्नो मन्त्रालयमा बिचौलियालाई रोकिने बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री खतिवडाले भने, “स्वास्थ्य मन्त्रालयको अहिलको मुख्य प्राथमिकता भनेको खोप, खोप, खोप हो । केही महिनाभित्र सबै नेपालीले कोरोनाविरुद्धको खोप लगाउनमा हाम्रो ध्यान छ ।”

उनले चैतभित्र सबै नेपालीले खोप पाइसक्ने सुनिश्चितता भइसकेको पनि बताए । मन्त्री खतिवडाले अवसरको सदुपयोग गरेर बलियो इच्छाशक्तिसाथ स्वास्थ्य मन्त्रालय हाँक्ने अठोट गरेको पनि बताए । उनले बाग्मती र प्रदेश १ को मुख्यमन्त्री चाँडो परिवर्तन हुने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot