Logo

प्रधानन्यायाधीश जबरा जुनसुकै बेला राजीनामा दिने मुडमा !



काठमाडौं, २४ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जुनसुकै बेला राजीनामा दिने मुडमा छन् । पछिल्लो समय एकपछि अर्को गरेर विवादमा नाम मुछिएको भन्दै उनी रुष्ट छन् । गजेन्द्र हमाल मन्त्री बनाईनुभन्दा अघिदेखि नै प्रधानन्यायाधीश जबराको नाम जोडेर मन्त्रिमण्डलमा भाग खोजेको भन्ने समाचार आएको र त्यसमा पनि प्रधानन्यायाधीशले आफ्नो नातेदारलाई मन्त्री बनाउन थालेको भन्ने समाचारले उनी रुष्ट थिए ।

प्रधानन्यायाधीशमाथि प्रश्न उठेको छ, उहाँले चित्तबुझ्दो जवाफ दिनुपर्छ : मुक्ति प्रधान

नभन्दै उनीसँग नाम जोडिएका हमाल मन्त्री भए । हमाल मन्त्री भएकै दिनदेखि प्रधान्यायाधीश जबराको राजीनामा मागिनेदेखि महाभियोग लगाउनुपर्नेसम्मका माग उठेका थिए । तर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाईएका हमालले आजै पदबाट राजीनामा दिईसकेका छन् । उनले स्वविवेक प्रयोग गरेर आफूले राजीनामा दिएको उल्लेख गरेका छन् ।

प्रधानन्यायधीशलाई अब अदालतमा छिर्न दिनुहुँदैन्, तत्काल महाभियोग लगाउनुपर्छ : अधिवक्ता ओमप्रकाश अर्याल

हिजोमात्रै रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षात्कारमा बरिष्ठ अधिवक्तादेखि पूर्व महान्यायाधिवक्तासम्मले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका थिए । उनीहरुले प्रधान्यायाधीश जबराले कार्यपालिकामा भाग खोजेको भन्दै अब एक सेकेण्डपनि पदमा बस्ने अधिकार नभएको धारणा राखेका थिए । सर्वोच्च अदालतनिकट विश्वस्त सूत्रकाअनुसार प्रधानन्यायाधीश जबराले जुनसुकै बेला पनि राजीनामा दिने मुड बनाएका छन् ।

न्यायालयमा राजनीति घुसाउने काम दलका नेताहरुले गरेको भन्ने प्रधानन्यायाधीश जबराको गुनासो रहँदै आएको छ । खासगरी न्यायाधिश नियुक्ती गरिँदा भागबण्डाको आधारमा गरिएको र राम्राभन्दा पनि आफ्ना मान्छेलाई नियुक्ती गरिँदा अदालतमा एकपछि अर्को गरेर राजनीति हाबी भएको भन्ने उनको बुझाई छ । तर, दलका नेताहरुले भने न्यायलयमा राजनीति भएको भनेर बाहिर टिकाटिप्पणी गर्दा पनि उनलाई चित्त बुझेको छैन् ।

‘यो सरकार नै अदालतको हो, त्यसमा एउटा मन्त्री गयो भनेर धेरै चिन्ता गर्नुपर्दैन्’ : कोषाध्यक्ष पोखरेल

तत्कालिन कानूनमन्त्री अजयशंकर नायकको पालामा उच्च अदालतमा गरिएको न्यायाधीश नियुक्तीमा पनि दलहरुले भागबण्डाको आधारमा नियुक्ती गरेका थिए । यसमा पनि उनको सुरुदेखि नै गुनासो रहँदै आएको थियो । ८० जनाको नियुक्ती संविधानसम्मत नभएको भनेर सबै पक्षबाट विरोध र आलोचना हुँदापनि सरकारमा बस्नेहरुले त्यतिवेला एकलौटी गरेका थिए । हुन त तत्कालिन मन्त्री नायकले न्यायाधीश नियुक्ती समावेशी र समानुपातिक रहेको दाबी गरेका थिए ।

प्रधानन्यायाधीशबाट नै यो संविधानमाथि ठूलो खतरा देखियो, म ओपन्ली उहाँको राजीनामा माग्छु : डा. दिनेश त्रिपाठी (भिडिओसहित)

खासगरी परिषद सदस्य रहेका सर्वाेच्चका बरिष्ठ न्यायाधीश बैद्यनाथ उपाध्याय र बारका तर्फबाट परिषद् सदस्य रामप्रसाद सिटौलाले नै बहिष्कार गरेको बैठकबाट त्यति ठूलो संख्यामा न्यायाधीश नियुक्ती गरिएको थियो । त्यतिवेला नेपाल बार एशोसिएसनले न्यायाधीश नियुक्तीको विरोध गरेको थियो । बारका अध्यक्ष शेरबहादुर केसीले नियुक्ति प्रक्रिया नै गलत भएको भन्दै सच्याउन माग गरेका थिए ।

परिषदले मध्यरातमा बैठक बसेर न्यायाधीश नियुक्तीको निर्णय गरेपछि त्यसको सर्वत्र बिरोध भएको थियो । त्यतिमात्रै होईन, सर्वोच्च अदालतमा सांसद भैसकेको र पूर्व महान्यायाधिवक्ता भैसकेका व्यक्ति पनि न्यायाधीश बनाईएका छन् । यी सबै प्रकरणले न्यायालयमा राजनीति घुसाउने काम दलहरुले नै गरेको र यसमा सम्पूर्ण दोष दलका शीर्ष नेताहरुलाई जान्छ ।

कानूनमन्त्री कार्कीलाई बोलाएर प्रधानन्यायाधीश जबराले हमाललाई मन्त्री नबनाउन भनेका थिए

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मन्त्री बनेका गजेन्द्र हमालले दुई दिन नबित्दै पदबाट राजीनामा दिएका छन् । हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए । तर, उनको नियुक्ती हुनुपुर्व नै सार्वजनिक रुपमा आलोचना भैसकेको थियो । खासगरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम जोडेर उनको आलोचना भएको थियो । नाताले हमाल चोलेन्द्रका जेठान हुन् । प्रधानमन्त्री देउवाले भने हमाल कांग्रेसकै पूरानो नेता र अन्यायमा परेकोले आफूले मन्त्री बनाएको स्पष्ट पारेका थिए ।

हमालको नियुक्तीलाई लिएर कानून व्यवसायीहरुले समेत कडा प्रतिक्रिया दिएका थिए । उनीहरुले प्रधान्यायाधीश जबरामाथि महाभियोग लगाउनुपर्ने वा उनले राजीनामा दिनुपर्नेमात्रै विकल्प रहेको धारणा राखेका थिए । अधिवक्ता ओमप्रकाश अर्यालले त प्रधानन्यायाधीश जबरालाई अब सर्वोच्च अदालतमा छिर्नै दिन नहुने बताएका थिए ।
विशेष सूत्रकाअनुसार प्रधानन्यायाधीश जबराले मन्त्री बन्नुअघि नै आफूसँग जोडेर हमालको बारेमा समाचार आएपछि सरकारका प्रवक्तासमेत रहेका तत्कालिन् कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई बोलाएर हमाललाई मन्त्री नबनाउन सुझाएका थिए । प्रधानन्यायाधीश जबराले आफूसँग जोडेर समाचार आएको भन्दै हमाललाई कुनैपनि हालतमा मन्त्री नबनाउन भनेका थिए ।

तर, प्रधानमन्त्री देउवाले भने हमाललाई मन्त्री बनाईछाडे । प्रधानन्यायाधीश जबराले आफूले मन्त्री नबनाउन भन्दाभन्दै पनि किन मन्त्री बनाईयो भनेर आश्चर्यमा परेका थिए । कतिसम्म भने हमाल कांग्रेसको कोटाबाट मन्त्री बनेको भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमा प्रधानन्यायाधीशको बचाउ समेत गरेका थिए । तर, आज विहान हमालले पदबाट राजीनामा दिएका छन् । उनले आफूले स्वविवेक प्रयोग गरेर राजीनामा दिएको बताएका छन् । आफ्नो कारण न्यायालयमाथि आँच आउन नदिन राजीनामा दिएको र पद आफ्नो व्यक्तिगत जीवनको लागि केही पनि नभएको उनको प्रतिक्रिया छ । file photo

 



प्रतिक्रिया दिनुहोस्