Logo

मोरङमा बैक डकैतीका अभियुक्तहरु सार्वजनिक



विराटनगर, २७ असोज । सिटिजन्स बैंक डकैती गर्न खोज्ने तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा एक नेपाली र दुई भारतीय नागरिक छन् ।

प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार विराटनगर घर भएका ३२ वर्षीय श्याम मुखिया हुन् । मुखियाको योजनामा घटनामा संलग्न भारतको अररियाका २८ वर्षीय सुनिल यादव र ३० वर्षीय विजय सहनी पनि पक्राउ परेका छन् ।

तीनजनाले बैंकका सुरक्षा गार्ड शितल कुमालमाथि गोली प्रहार गरी डकैती गरेका थिए । कुमालको शरीरबाट एक गोली निकालिएको छ ।

बैंकबाट २२ लाख डकैती भएपछि अर्को समूहले लिएर गएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

मोरङको धनपालथान गाउँपालिका ४ कर्सिया वीपीचोकस्थित सिटिजन्स बैंकको शाखामा २५ असोजमा डकैती भएको थियो । घटनामा मोटरसाइकलको प्रयोग भएको र विभिन्न प्रमाणका आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्