Logo

म्यानचेस्टर युनाइटेड लिसेस्टर सिटीद्वारा स्तब्ध



एजेन्सी, ३० असोज । म्यानचेस्टर युनाइटेडको लामो अपराजित यात्रालाई लिसेस्ट युनाइटेडले पूर्णविराम लगाइदिएको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिसेस्टरले म्यानचेस्टरलाई ४-२ ले स्तब्ध पारेको हो ।

म्यानचेस्टरले १९औं मिनेटमा अग्रता लिएपनि लिसेस्टरले ३१औं मिनेटमा बराबरी गोल गरेको थियो । दोस्रो हाफमा लिसेस्टरले लगातार दुई गोल थपेर जीतको नजिक पुग्यो । रासफोर्डले ८२औं मिनेटमा गोल गरेपनि बराबरीका लागि पर्याप्त भएन । लिसेस्टरले इन्जुरी समयमा गोल गरी जीत पक्का गरेको थियो ।

यसैगरी, म्यानचेस्टर सिटीले बर्नलेमाथि २० को जीत निकाल्यो । लिभरपुलले वाटफोर्डमाथि ५० को सहज विजय हासिल गर्यो । एस्टन भिल्लामाथि वुल्भ्सले ३-२ को जित निकाल्यो ।

पछिल्लो नतिजाले लिभरपुल अंक तालिकामा शिर्ष स्थानमा निस्किएको छ । म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ ।



प्रतिक्रिया दिनुहोस्