Logo

माओवादी केन्द्रको बैठक: राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन



काठमाडौँ, २ कात्तिक: नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ । आज (मंगलबार) बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, टोल, वडा, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति संशोधन गरेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान पत्रकारहरुलाई दिएको जानकारी अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थप गरिएको छ । प्रवक्ता कृष्णबहादुर महराका अनुसार पार्टी सदस्यता नवीकरणका लागि यही कात्तिक २५ गतेसम्म म्याद थपिएको छ । टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिकाको सम्मेलन मंसिर ११ गतेसम्म र मंसिर २५ गतेसम्म प्रदेश सम्मेलनको म्याद थपिएको उनले बताए ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो पुस ११ देखि १३ गतेसम्म हुँदै छ । भूगोलभन्दा बाहिर काम गर्नेहरुको विशेष समिति १७५ सदस्यीय गठन गरिएको प्रवक्ता महराले जानकारी दिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot