Logo

डडेलधुरामा पहिरोमा पुरिदाँ एक जनाको मृत्यु



डढेलधुरा, २ कात्तिक । हिजोदेखि लगातार आएको वर्षाको कारण डडेलधुरामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिदा गन्यापधुरा गाउँपालिका–१ भातकाडाँका ३२ वर्षीय बिष्णु अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डडेलधुरामै पहिरोमा परेर अन्य २ जना समेत घाइते भएका छन् । तर, घाइतेको भने हालसम्म परिचय खोल्न नसकेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot