Logo

सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दै, मुख्य एजेन्डा उत्तर कोरिया



एजेन्सी, ३ कात्तिक। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आकस्मिक बैठक बस्ने निर्णय गरेको छ । उत्तर कोरियाले हालै क्षेप्यास्त्र परीक्षण गरेको विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आज बुधबारका लागि आकस्मिक बैठक बोलाएको हो।

उत्तर कोरियाले हिजो (मंगलबार) पनडुब्बी आधारित ब्यालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको घोषणा गरेपछि सुरक्षा परिषद्को आकस्मिक बैठक बस्न लागेको जनाइएको हो । संयुक्त राष्ट्रसंघको कूटनीतिक स्रोतहरूले अमेरिका, बेलायत र फ्रान्सको अनुरोधमा बैठक बस्न लागेको बताएका छन् ।-Photo: Agency

 



प्रतिक्रिया दिनुहोस्

Screenshot