Logo

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले खोले ‘ट्रुथ सोसल’ नामक सामाजिक सञ्जाल



एजेन्सी, ४ कात्तिक । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल खडा गर्ने घोषणा गरेका छन् । ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप अन्तरगत उनले ‘ट्रुथ सोसल’ सामाजिक सञ्जाल खडा गर्ने घोषणा गरेका हुन् ।

उक्त सामाजिक सञ्जाल अगामी महिना नोभेम्बरमा निश्चित प्रयोगकर्ताहरुका लागि ‘एप’ स्टोरमा उपलब्ध गराइनेछ । उक्त सामाजिक सञ्जाल सन् २०२२ को सुरुवात देखि आम नागरिकले प्रयोग गर्ने गरि उपलब्ध गराइने बताइएको छ ।

उनले विज्ञप्तिमा भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘ठूला टेक कम्पनीको अत्याचारविरुद्व ट्रुथ सोसल र टीएमटीजीको स्थापना गरेको छु । हामी यस्तो दुनियाँमा बाचिरहेको छौँ जहाँ तालिवान जस्ता संस्थाको ट्विटरमा बहुल्यता छ । यद्दपी तपाईहरुको मन पर्ने राष्ठ्रपति उक्त विषयमा मौन छन् ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्