Logo

अमेरिकासहित १० राजदूतलाई ‘पर्सना नन ग्राटा’ घोषणा गर्न टर्कीका राष्ट्रपतिको निर्देशन



एजेन्सी, ७ कात्तिक। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकासहित पश्चिमा मुलुकका १० राजदूतलाई देश निकालाको तयारी गरेका छन् । राष्ट्रपति एर्दोगानले अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड, डेनमार्क, जर्मनी, द नेदरल्यान्डस, न्युजिल्यान्ड, नर्वे र स्वीडेनका राजदूलाई ‘पर्सन नन ग्रेटा’ घोषणा गरेका हुन् । यो एउटा कूटनीतिक शब्दावली हो जसअनुसार कुनै पनि देशको राष्ट्र वा सरकार प्रमुखले आफ्नो देशको कुनै राजदूतलाई पर्सन नन ग्रेटा घोषणा गरेपछि उ सम्बन्धित देशको दूतावासमा अयोग्य ठहर हुन्छ । ती दूतहरूले अभियान्ता ओस्मान कावालालाई तत्काल रिहा गर्न आह्वान गर्दै विज्ञप्ति जारी गरेपछि राष्ट्रपति ताइयिपले विदेश मन्त्रालयलाई यस्तो आदेश दिएका हुन् । पर्सना नन ग्राटाले वैधानिक कुटनीतिक हैतियत हटाउन सक्छ र यसको परिणाम प्रायः निष्कासन अथवा राजदूतहरूको मान्यताको फिर्ता लिने हुन्छ ।

यसअघि टर्कीस्थित दश देशका राजदूतले एउटा संयुक्त विज्ञप्ति जारी गरेर टर्कीका ओसमान काभालाको तत्काल रिहाइको माग गरेका थिए । सरकारको बिरोध र कु प्रयास गरेको आरोपमा काभाला चार वर्षदेखि कारागारमा छन् । तर, उनीमाथि लागेका कुनै पनि आरोप प्रमाणित भएका छैनन् न त अदालतले नै उनलाई दोषी ठहर गरेको छ । काभालालाई रिहा गर्न मानवअधिकारसम्बन्धी युरोपेली अदालतको आदेश पालना गर्न युरोपको मानवअधिकार सम्बन्धी निकाय काउन्सिल अफ यूरोपले अन्तिम चेतावनी दिएको थियो ।

शनिवार एउटा समूहलाई सम्बोधन गर्दै एर्दोगानले कूटनीतिक हैसियत नभएका राजदूत विदेश मन्त्रालय पुगेर आदेश दिन नपाउने धारणा व्यक्त गरे । उनले भने, ‘विदेश मन्त्रालयलाई मैले आवश्यक निर्देशन दिइसकेको छु । १० राजदूतलाई प्रसना नन ग्रेटा घोषणा गरिएको छ । तपाईहरु तत्कालै देश छोड्न सक्नुहुन्छ ।’ टर्कीस मिडियाले राष्ट्रपति एर्दोआनले ती दूतहरूले कि त टर्कीलाई बुझ्नुपर्ने या त छोड्नुपर्ने बताएको जनाएका छन् । राजदूतावासहरूले यस बारेमा आधिकारिक सूचना नपाएको बताएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot