Logo

बर्षा र हिमपातको सम्भावना



काठमाडौं, कार्तिक ८ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका केही स्थानमा वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहेको छ ।

त्यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। भने, प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक९दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिसम्म देशभर आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी, बागमती र प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ , बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot