Logo

चैतभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने : प्रधानमन्त्री देउवा



काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठक समारोहमा बोल्दै देउवाले कोरोना खोपको अभाव हुन नहुने स्पष्ट पारेका छन् ।

खोप खरिद गरेर भएपनि चैतभित्र सबैलाई पूर्ण मात्रामा लगाइसक्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘कोरोना खोपको कमी नहोस्, चैतभित्र सबै नेपालीलाई खोप लगाइसक्नुपर्छ । सबैलाई निःशुल्क खोप लगाउने हो ।’ नेपालमा हालसम्म कूल जनसंख्याको ३४ प्रतिशतले मात्र पहिलो मात्रामा खोप लगाएका छन् भने दोस्रो मात्राको खोप २२ प्रतिशतले मात्रै लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot