काठमाडौं, १२ कात्तिक । यही कार्तिक २९ गतेबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ७५ लाख पाउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (शुक्रबार) विजेताले ७५ लाख पाउने घोषणा गरेको हो ।
साथै, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख पाउने एन्फाले जनाएको छ । यस्तै, हरेक खेलको विजेताले ५० हजार पाउने साथै, खेल बराबरी भएमा दुबै टोलीले २५÷२५ हजार पाउने बताइएको छ । प्रतियोगिता दशरथ रंगशालामा र एन्फा कम्प्लेक्समा हुने जनाईएको । लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।