Logo

सुदूरपश्चिममा देउवाको विशेष चासो, मुख्यमन्त्री निकटस्थलाई बनाइछाड्ने



काठमाडौं, १३ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशमा विशेष चासो दिन थालेका छन् । देउवाको गृहजिल्ला डडेलधुरा समेत पर्ने सुदूरपश्चिममा उनले राजनीतिक पकड बलियो बनाउने अभियान नै चलाएका छन् ।

देउवाले मन्त्री बनाउँदा पनि सुदूरपश्चिमलाई विशेष प्राथमिकता दिए । काँग्रेसको इतर समूहका दिलेन्द्रप्रसाद बडु र नेकपा एसका प्रेमबहादुर आले देउवाका लागि स्वीकार्य भए । बडु दार्चुलाका हुन् भने आले डोटीका हुन् । दुवै आफ्नो समूह या दलबाट सिफारिश भएपनि देउवाबाट साथ पाउन सफल भएका थिए ।

देउवाले सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका आफूनिकटस्थलाई बनाउन चाहेका छन् । कर्णाली प्रदेशमा माओवादीलाई मुख्यमन्त्री छाडेर भएपनि सुदूरपश्चिममा काँग्रेस नेतालाई बनाउन खोजेका छन् । प्रचण्डलसँग कुरा गरेर त्रीलोचन भट्टलाई राजीनामा गराएर आफूनिकटस्थलाई अगाडि बढाउन खोजेका छन् ।

२०७४ सालको स्थानीय निर्वाचन, आमनिर्वाचन र प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिममा काँग्रेसलाई ठूलो धक्का लागेको थियो । देउवाको गृह प्रदेशमै काँग्रेसलाई नराम्रो झड्का लाग्दा देउवा दबाबमा परेका थिए । अब उनले सुदूरपश्चिममा पुरानो क्षति दोहोरिन नदिन पनि पकड बढाउन खोजेका हुन् ।

सुदूरपश्चिममा काँग्रेसका हस्ती नेताहरु संसद र प्रदेशसभाको चुनावमा पराजित भएका थिए । काँग्रेसको राजनीतिक गढहरु कम्युनिस्टले भत्काइदिएका थिए । जसका कारण देउवाको प्रदेश र केन्द्रसम्म चर्को आलोचना भई राजीनामा समेत मागिएको थियो । अबको चुनावमा देउवाले काँग्रेसलाई सुदूरपश्चिममा बलियो बनाउने गरी कदम चाल्न थालेको बुझिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot