Logo

जुवातास खेल्ने २९ जना पक्राउ



भक्तपुर, १६ कात्तिक । जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने ३८ वर्षीय राजेश खयामलीको किराना पसलमा तास खेलिरहेको अवस्थामा राजेश लगायत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त पसलमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६९ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

त्यस्तै, तनहुँ, शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा भिमसेन चोकस्थित थकाली भान्सा घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–९ बस्ने ४० वर्षीय सूर्य बहादुर बिक लगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त भान्सा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५८ हजार ४ सय ९५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

नवलपरासी(पूर्व) गैंडाकोट नगरपालिका–१० भैसाखोरी बस्ने ४७ वर्षीय डिल्लीराम सापकोटाको सोही ठाउँस्थित सापकोटा न्यू तन्दुरी होटल एण्ड रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा डिल्लीराम लगायत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोट र अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २५ हजार ३५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी, कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने ४० वर्षीय भिम बहादुर बोहराको घरमा तास खेलिरहेको अवस्थामा बोहरा लगायत १४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९३ हजार १ सय ८५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot