Logo

५ थान भरुवा बन्दुक बरामद



बाग्लुङ, १७ कात्तिक । ५ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । बडीगाड गाउँपालिका–४ जलजलास्थित कोप्चे भिरको जंगलबाट ५ थान एक नाले भरुवा बन्दुक मंगलबार बिहान प्रहरीले बरामद गरेको हो ।

प्रहरी चौकी ग्वालीचौरबाट खटिएको प्रहरीले गस्ती गर्दै जानेक्रममा उक्त जंगलमा वेवारिसे अवस्थामा रहेका ती भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot