Logo

देउवा र प्रचण्डले एमसीसी पास गराउन पत्र पठाएको खुलासा



काठमाडौं, १८ कात्तिक । एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेर पत्र पठाएको खुलासा भएको छ । अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्स कर्पोरेशन एमसीसी पारित गर्ने प्रतिवद्धता पत्र पठाइएको खुलासा देउवाले गरेका हुन् ।

आज स्वदेश फर्किएलगत्तै त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग बोल्दै देउवाले भने, प्रचण्डजी र मैंले एमसीसी पास गराउँछौं भनेर पत्र पठाइसकेका छौं ।

एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुसँग देउवाले बेलायतमा भेटघाट गरेका थिए । बेलायतमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा देउवा सहभागी हुँदा ल्याटोतुंसँग एमसीसीबारे नै कुराकानी भएको थियो । त्यहाँबाट फर्किएपछि उनले एमसीसी पास गराउनेबारे नयाँ खुलासा गरेका हुन् ।

ल्याटोर्तुले एमसीसी पास गर्नेबारे कुरा राख्दा आफूले सत्ता गठबन्धनसँग मिलेर अगाडि बढाउने जवाफ दिएको देउवाले बताए । सत्ता गठबन्धनमा देउवा एमसीसी पारित गराउने पक्षमा खुलेका छन् । तर, माओवादी र नेकपा एसले संशोधनविना एमसीसी पारित गर्न नहुने अडान लिइरहेका छन् ।

देउवाले प्रचण्डसँगै पत्र लेखेर प्रतिवद्धता जनाएको खुलाएपछि राजनीतिकवृत्तमा तरंग आउन थालेको छ । प्रचण्ड एमसीसीको पक्षमा देखिदैनन् । देउवा भने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot