Logo

बन्दुकको छर्राले श्रीमतीलाई लागेपछि…



गुल्मी, १८ कात्तिक । भरुवा बन्दुकको छर्राले आफ्नै श्रीमतीलाई लागेपछि एक पुरुषलाई प्रहरीलाई पक्राउ गरेको छ । मुसिकोट नगरपालिका–४ बडागाउँ बस्ने ४६ वर्षीय दिपक काउछा मगरलाई १ थान भरुवा बन्दुक सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

आफ्नै श्रीमतीसँग सोही ठाउँस्थित धारापानी जंगलमा वन कुखुरा मार्ने क्रममा दिपकले भरुवा बन्दुक पड्काउँदा छर्रा लागेर श्रीमती घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले दिपकलाई सोही नगरपालिका–४ गजुङ्गाबाट पक्राउ गरेको हो ।

साथै घाइतेलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपश्चात थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै वीरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडौंमा पठाइएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot