Logo

गठबन्धनका शीर्ष नेताहरुले मात्रै बैठक गरेकोमा नारायणकाजी आक्रोशित



काठमाडौं, १९ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले गठबन्धनका शीर्ष नेताहरुबीच मात्रै बैठक भएको भन्दै दुःखेसो पोखेका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत नेता श्रेष्ठले यस्तो धारणा राखेका हुन् । उनले के सरकार बनेपछि निर्णय प्रक्रिया फराकिलो घेराबाट साँघुरो घेरामा सर्ने यस्तो स्थितिको पूनरावृत्ति आफुहरुको नियति हो ? भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्-‘अदालतले प्रतिनिधिसभा सुचारु गरेपछि र देउवा सरकार गठन भएदेखि यता सङ्घर्षको बेलाको दलहरुको गठबन्धन शिर्षस्थ नेताहरुको गठबन्धनमा परिणत भएजस्तो देखिनु राम्रो होइन।के सरकार बनेपछि निर्णय प्रक्रिया फराकिलो घेराबाट सांघुरो घेरामा सर्ने यस्तो स्थितिको पुनरावृत्ति हाम्रो नियति हो?सच्चिऔं।’

Related News:

एमसीसीबारे बोले नारायणकाजी, यथास्थितिमा नेपालले एमसीसी स्विकार गर्न सक्दैन्



प्रतिक्रिया दिनुहोस्