Logo

सरकारविरुद्ध विप्लवको पार्टी आन्दोलनमा (विज्ञप्तीसहित)



काठमाडौं, २५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीले भोलिबाट आन्दोलन सुरु गर्ने भएको छ । सरकारले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुजस्ता अत्यावश्यक वस्तुमा निरन्तर मूल्यवृद्धि गरेको भन्दै भोलिबाट देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज एक विज्ञप्ती निकाल्दै मुल्यवृद्धिलाई सरकारी दोहन भनेका छन् । विज्ञप्तीमा भनिएको छ,‘यस प्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामू छ ।’ महासचिव विप्लवले जनताको भावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग अपिल पनि गरेका छन् । file photo/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot