Logo

आज संक्रमणबाट ३ जनाको मृत्यु



काठमाडौं, २६ कात्तिक । कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ३ सय ९७ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ४ सय १५ पुगेको छ ।

त्यस्तै, आज ३ सय ८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९७ हजार ४ सय ४८ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot