Logo

बालेनको चेतावनीपछि स–सम्मान रिहा भए चालक



काठमाडौं, ७ जेठ । प्रहरी नियन्त्रणमा रहेका काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने गाडी चलाउने चालकहरु स–सम्मान रिहा भएका छन् । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले चालकहरुलाई स–सम्मान रिहा गरिएको खबर आएको बताएका छन् । आज प्रहरीले महानगरेको फोहोर बोक्ने गाडी चलाउने चालकलाई नियन्त्रणमा लिएको भन्दै उनले आक्रोश ब्यक्त गरेका थिए ।

चालकलाई स–सम्मान रिहा नगरे सिंहदरबार, दलको कार्यालय र नेताहरुको घरको फोहोर नउठ्ने उनको चेतावनी थियो । सो लगत्तै उनीहरुलाई रिहा गरिएको हो ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

फोहोरको गाडी चलाउने चालकलाई स-सम्मान छोडेको खबर पाए । जो कोहीले यत्ति बुझ्नुहोला– पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर, नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाडौं महानगर यसमा संवेदनशील छ । अझ आफ्नो कर्तव्य निभाइरहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला ।

यो पनि पढ्नुहोस्ः फोहोर बोक्ने गाडीका चालकलाई नियन्त्रणमा लिएपछि आक्रमक बने बालेन



प्रतिक्रिया दिनुहोस्