Logo

६४ प्रहरीलाई दिइयो ट्राफिक नियन्त्रण तालिम



काठमाडौं,२८ कात्तिक। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ६४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित ट्राफिक नियन्त्रण तालिम १४१औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

सोही महाशाखामा आइतबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले संगठनले प्रदान गरेको अवसरलाई सदुपयोग गरी तालिम उपलब्धीमूलक बनाउन आफ्नो आचरण र व्यवहारमा सुधार गर्दै जनमुखी काम गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिए । दक्ष र योग्य ट्राफिक प्रहरी बन्न तालिमले दिलाएको ज्ञान सीपलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुवास खडकाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत भदौ २७ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार ४ जना र प्रहरी जवान ६० जना गरी जम्मा ६४ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्