Logo

करेन्ट लागेर किशोरको मृत्यु



कैलाली, २९ कात्तिक । कैलालीमा एकजना किशोरको करेन्ट लागेर मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–६ जालीका १६ वर्षीय सन्तोष बुढामगरको हिजो दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मगरले आफ्नै घरबाट विद्युतको तार लगेर खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजादा गर्दा बाटोमा मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्