Logo

विश्वासको मत लिदै मुख्यमन्त्री राई



काठमाडौं, ३० कात्तिक । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । उनले मुख्यमन्त्री बनेको १५ दिनपछि विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका राईले विश्वासको मत पाउने निश्चितप्रायः छ । उनलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पनि समर्थन छ ।

मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले लिन लागेका हुन् ।

राई अखिलको राजनीतिबाट आएका हुन् । उनी माधवकुमार नेपालनिकटस्थ हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot