Logo

आज सर्वोच्च अदालतका चार न्यायाधीश इजलासमा फर्किए



काठमाडौं, ३० कात्तिक । सर्वोच्च अदालतका चार जना न्यायाधीश इजलासमा फर्किएका छन् । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको काम कारवाहीमा असन्तुष्ट समुहबाट चार न्यायाधीशहरु नियमित इजलासमा फर्किएका हुन् ।

नियमित इजलासमा फर्कने न्यायाधीशहरुमा मनोजकुमार शर्मा, बमकुमार श्रेष्ठ, तेजबहादुर केसी र कुमार रेग्मी रहेका छन् । आज श्रेष्ठ र शर्मा तथा केसी रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाई गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot