Logo

कटुवा पेस्तोल सहित पक्राउ



रुपन्देही, १ मंसिर । कटुवा पेस्तोल सहित एकजना पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोल सहित सोही नगरपालिका बिन्दुनगर बस्ने २८ वर्षीय सन्दिप थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot