Logo

ओली ठूलै विदेशी शक्तिसँग मिलेर गणतन्त्र उल्टाउन लागेको प्रचण्डको आरोप



काठमाडौं, १ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खलनायकको संज्ञा दिदै विदेशी शक्तिसँग मिलेर गणतन्त्र उल्टाउन लागेको आरोप लगाएका छन् । महोत्तरीको रामगोपालपुरमा बोल्दै ओली गणतन्त्र र मधेशको खलनायक भएको आरोप समेत लगाए ।

‘भिलेनले लडेर ल्याएको गणतन्त्र उल्टाउने षड्यन्त्र गर्यो,’ प्रचण्डले ओलीबारे कडा टिप्पणी गर्दै भने,‘केपी ओली खलनायक हुन् ।’ ओलीले विदेशी शक्तिसँग मिलेर गणतन्त्र उल्टाउन खोजेको आरोप लगाए । उनले भने,‘देशी विदेशी ठूलै शक्ति मिलेर गणतन्त्र उल्टाउने षड्यन्त्र भयो ।’

ओलीले प्रतिनिधि सभा विघटन गरेर जनताको रगत र पसिनामाथि कुठाराघात गरेको टिप्पणी गरे । उनले भने,‘खलनायक केपी ओलीलाई बालुवाटारबाट बालकोट घिसारेर लगियो ।’ देशलाई अहिले ७ प्रदेश ओलीविहिन सरकार बनाएको बताए ।

आफू गठबन्धनमा निकै बलियो भएको बताए । उनले भने,‘ गठबन्धन सरकारमा म बलियो छु । प्रधानमन्त्री नभएपनि बनाउने मान्छे भएको छु ।’

ओलीले चुरे दोहोन गर्न खोजेको आरोप लगाए । उनले भने,‘गिट्टी बालुवा झिक्ने निर्णय कस्ले गर्यो ? केपी ओली खलनायकले ।’-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot