काठमाडौं, मंसिर २ । हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय प्रणालीको प्रभाव रहेको छ। उक्त प्रभावकै कारण देशभर आँशिक देखी सामान्य बदली हुँदै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जारी बललीले देशभरका उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ ।
आज दिउँसो देशका कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखी सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।
बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बांकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ ।
त्यस्तै, रातीसम्म देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ ।