Logo

मोदीले किन फिर्ता लिए कृषि कानून ?



एजेन्सी, ३ मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कृषि कानून फिर्ता लिने निर्णय गरेका छन् । उनले कृषि कानून फिर्ताको घोषणा गर्दै अबको संसद सत्रबाट यसको संवैधानिक प्रक्रिया पूरा गर्ने समेत बताएका छन् ।

विवादास्पद कृषि कानूनका कारण किसानहरु आन्दोलित थिए । विशेषगरी पञ्जाब र हरियाणाका कृषकहरु आन्दोलनमा उत्रिएका थिए ।

मोदीले ट्वीटरमार्फत् कृषि कानून फिर्ताको घोषणा गरेका हुन् । उनले सरकार किसानको कल्याण र कृषि जगतको हितका लागि असल नियतले कृषि कानून लिएर आएपनि सम्झााउन नसकेको बताए । किसानलाई आफ्नो उत्पादनको उचित मूल्य मिलोस् भनेर कानून ल्याएको बताउँदै कदमको बचाऊ पनि गरे ।

गुरु नानक दिवस पारेर मोदीले कृषि कानून फिर्ताको निर्णय लिएका हुन् । उत्तर प्रदेश र पञ्जाबको विधानसभा चुनाव नजिकिदै गर्दा मोदीले पछिल्लो निर्णय लिएका हुन् । योसँगै कृषकहरुको महिनौं देखिको आन्दोलन रोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot