एजेन्सी, ५ मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई धर्मका मामलामा कट्टर मानिन्छन् । राजनीतिमा छिट्टै ठूलो उचाई बनाएका योगीलाई कतिपयले मोदीको उत्तराधिकारीका रुपमा पनि लिन्छन् ।
मोदीका प्रीय भएकैले योगीले उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने अवसर पाए । अब उनी फेरि मुख्यमन्त्री बन्न चुनावी तयारीमा छन् ।
योगीले आज ट्वीटरमा मोदीसँगको तस्बिर सार्वजनिक गरे । तसिबरमा योगीको काँधमा हात राखेका मोदीले महत्वपूर्ण कुराकानी गरिरहेको देखिन्छ । यी दुई कुनै गम्भीर छलफलमा केन्द्रित रहेको देखिन्छ ।
–Photo Source: Yogi Adityanath Twitter