Logo

एमाले महाधिवेशन : अध्यक्षका उम्मेद्धवार भीम रावलले सुरु गरे भोट माग्न



काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशनको आज दोस्रो दिन । आज बन्दसत्र हुँदैछ । तर, अहिलेसम्म बन्दसत्र सुरु भएको छैन् । उता, अध्यक्षसहित सर्वसम्म रुपमा पदाधिकारी चयन गर्ने प्रयास भने अध्यक्षका उम्मेद्धवार भीम रावलका कारण असफल भएको छ ।

रावलले आफू कुनैपनि हालतमा अध्यक्षको उम्मेद्धवारबाट ब्याक नहुने बताईसकेका छन् । उनी अहिले महाधिवेशनस्थलमा पुगेर प्रतिनिधिहरुसँग मत माग्न सुरु गरिसकेका छन् । यसअघि अध्यक्ष केपी शर्मा ओलीले रावललाई वरिष्ठ अध्यक्ष दिने प्रस्ताव पठाएका थिए ।

तर, रावलले ओलीको प्रस्ताव अस्विकार गर्दै अध्यक्षमा ओलीसँग नै प्रतिष्पर्धा गर्ने निर्णय गरेका हुन् । तर, अहिलेपनि सर्वसम्मत्को लागि नेताहरुले प्रयास भने जारी राखेका छन् ।

https://www.facebook.com/RishiDhamalaOfficial/videos/881156339265004

एमालेको हिजो राति अवेर सम्पन्न केन्द्रीय कमिटी बैठकले पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्मको संख्या बढाउने निर्णय गरेको थियो । सर्वसम्मत् रुपमा नेतृत्व चयन गर्नको लागि विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाईएको थियो ।

तर, रावलले आफूले कुनैपनि हालतमा अध्यक्षको उम्मेद्धवारीबाट ब्याक नहुने अडान लिएपछि अब अध्यक्षदेखि सबै पदमा निर्वाचन हुने सम्भावना बढेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्