Logo

ओलीसँग अध्यक्षमा भिड्ने नै भए भीम रावल, महाधिवेशन प्रतिनिधिहरुसँग मत माग्न थाले (फोटोफिचर)



काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावलले महाधिवेशन प्रतिनिधिहरुसँग मत माग्न थालेका छन् । आज (शनिबार) बन्दसत्र सुरु हुनुभन्दा अघिदेखि नै उनले आफ्नो लागि मत माग्न थालेका थिए ।

उनले पार्टीमा सहमतिको लागि प्रयास भएको भन्ने जानकारी आफूलाई नभएको पनि प्रतिक्रिया दिएका थिए । सौराहास्थित् बन्द सत्र भइरहेको होटेल सेभेन स्टारमा सभागी प्रतिनिधिहरूलाई भेटेर नेता रावलले आफू अध्यक्षको पदको उम्मेदवार भएको बताएका छन् । हेरौं तस्विरमा:

 



प्रतिक्रिया दिनुहोस्